खेल
काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपको दोस्रो दिन आज दुई खेल हुँदैछन् ।
प्रतियोगितामा आज (सोमबार)को पहिलो खेलमा बिहान समूह ‘बी’का दुई एसोसियट राष्ट्र ओमान र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु भएको खेलमा ओमान टस हारेर ब्याटिङ गरिरहेको छ ।
जारी खेलको पहिलो ओभर समाप्त हुँदा ओमानले दुई विकेट गुमाएर तीन रन बनाएको छ । ओमानले इनिङको पहिलो दुई बलमा दुई ब्याटरलाई गुमाएको हो ।
आजै हुने दोस्रो खेलमा समूह ‘डी’ का श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ०६:३८
प्रतिक्रिया दिनुहोस्