site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिलातर्फ एभरेष्ट र पुलिसको जित

काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा आइतबार महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको दिनको पहिलो खेलमा महिलातर्फ कर्णाली प्रदेशमाथि एभरेष्ट भलिबल क्लबले ३–० को सोझो सेटमा जित निकालेको थियो । खेलमा एभरेष्टले पहिलो सेट २५–१६, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–१० ले जितेको थियो ।

दोस्रो खेलमा महिलातर्फ नै नेपाल पुलिस क्लबले न्यु डायमन्ड एकेडेमीविरुद्ध ३–१ को सेटमा जित निकाल्न सफल बन्यो । पहिलो सेट १९–२५ ले गुमाए पनि पुलिसले त्यसपछिका तीन सेट लगातार जित्दै खेल आफ्नो पक्षमा पारेको हो । पुलिसले दोस्रो सेट २५–२२ ले, तेस्रो सेट पनि २५–२२ ले र चौथो सेट २९–२७ ले जितेको हो ।

यस्तै, आजै भएको पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले जित निकालेका छन् ।

दिनको तेस्रो खेलमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले बूढानीलकण्ठ भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । बूढानीलकण्ठविरुद्ध आर्मीले पहिलो सेट २५–१५ ले, दोस्रो सेट २५–२० ले र तेस्रो सेट पनि २५–२० ले नै जितेको हो ।

दिनको चौथो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । गण्डकीले पहिलो सेट २५–२२ ले, दोस्रो सेट पनि २५–२२ ले र तेस्रो सेट २५–१८ ले जितेको हो ।

पाँचौँ खेलमा पुरुषतर्फनै नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो । पहिलो सेट एपीएफले २५–२१ ले जिते पनि दोस्रो सेटमा पुलिसले पुनरागमन गर्दै २५–२३ को जित निकालेको थियो । तेस्रो सेट पुनः एपीएफले २५–१४ ले आफ्नो पक्षमा पार्दा चौथो सेटमा पुलिस २५–२१ ले विजयी भएको थियो । पाँचौँ तथा निर्णायक सेटमा एपीएफलाई १५–१३ ले निराश पार्दै पुलिसले जित निकालेको हो ।

यस्तै, दिनको अन्तिम खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले कोसी प्रदेश खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा निरास बनायो । कोसीविरुद्ध हेल्प नेपालले पहिलो सेट २५–१४ ले, दोस्रो सेट २५–२१ ले र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको हो ।

जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टिमको सहभागिता छ । जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro