site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्वावेको ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ का निम्ति दर्ता खुला
Tiktok banner adTiktok banner ad

काठमाडौं । ह्वावेको ‘सिड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमका निम्ति आवेदन दर्ता खुला गरिएको छ ।

कार्यक्रमका निम्ति स्नातक वा स्नातकोत्तर तहका विद्यार्थीले सिड्सनेपडटकम (seedsnep.com) वेबसाइटमार्फत आफ्नो नाम यही जुन ९ सम्म दर्ता गर्न सक्नेछन् । गएको शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले आवेदन दर्ता खुला गरिएको जनाएको हो ।

कार्यक्रममा नेपालका निम्ति चीनका राजदूत छान सोङले सिड्स फर द फ्युचर कार्यक्रमले युवा प्रतिभाको प्रस्फुटन र नवप्रवर्तनमा सहयोग गर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले सिड्स फर द फ्युचरजस्ता कार्यक्रमले आईसीटी क्षेत्रमा सहयोग पुग्ने उल्लेख गरे ।

‘सिड्स फर द फ्युचर नेपाल’का विजेताले चीन गएर त्यहाँ तालिम र क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । विजेताले चीनको आईटी उद्योगका विशेष सेमिनारमा समेत भाग लिन पाउनेछन् । ‘सिड्स फर फ्युचर द फ्युचर नेपाल’ कार्यक्रम दुई महिनासम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro