site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्ति समाजको स्थापना दिवस : कमिकमजोरी औँल्याइदिन आग्रह 

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले आफ्नो २८औँ स्थापना दिवस मनाएको छ । कमिकमजोरी औँल्याइदिन आग्रह गर्दै स्थापना दिवस मनाएको समाजको उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन् । स्थापना दिवसको अवसरमा ‘सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक’ विषयक नागरिक संवाद कार्यक्रम गरिएको उनले जानकारी दिइन् । 

उपनिर्देशक पौडेलले जारी गरेको विज्ञप्ति :

आलोचनालाई स्वागत गर्दै शान्ति समाजले मनायो स्थापना दिवस

कमिकमजोरी औँल्याइदिन र आलोचनामार्फत बाटो देखाइदिन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले २८औँ स्थापना दिवस (२९ औ वर्ष प्रवेश) मनाएको छ । शान्ति समाज गलतलाई गलाउने अभियान भएको र मूल्य अर्थात मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका मूल्यहरूको आधारमा राजनीतिक समाजको मूल्यांकन गरिने समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताउनुभएको छ । २०८१ जेठ १९ गते शान्ति समाजद्वारा काठमाडौंमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले विकासको अधिकारअन्तर्गत विकट कर्णाली र मधेशकेन्द्रीत अभियानबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा शान्ति समाजको कमीकमजोरी औँल्याउन र आलोचना गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने पाँचवटा ठूला दलहरूलाई आमन्त्रण गरिएकोमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्व उपसभामुख पुष्पा भुसाल र  नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले मन्तव्य व्यक्त गर्नुभएको थियो । तर, शान्ति समाजको बारेमा खासै आलोचना गर्नुभएन । त्यसरी आमन्त्रण गरिएका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनै प्रतिनिधि पठाएनन् ।

कार्यक्रममा आलोचनात्मक मन्तव्यका लागि आमन्त्रण गरिएका मधेश आन्दोलनका अग्रज पूर्वराजदुत डा. विजयकान्त कर्णले मधेश आन्दोलनका दौरान नेपालको सञ्चारमाध्यम र मानवअधिकार संस्थाहरू पूर्वाग्रही भएको धारणा व्यक्त गर्नुभएको थियो ।

यसैगरी, आलोचनात्मक मन्तव्यकै लागि आमन्त्रण गरिएका नागरिक अभियन्ता गोविन्द छन्त्यालले आदिवासी जनजातीको अधिकार र पहिचानको आन्दोलनमा नेपालका मानवअधिकार संस्थाहरूले उदाहरणीय भूमिका निर्वाह गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा नागरिक अगुवाहरू अर्जुन पराजुली र नन्दकृष्ण जोशीको कविता र देउडा गीतसहितको प्रस्तुती र डा. केदारनरसिंह केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका पूर्व सभापतिहरू होमकान्त चौलागाईं, डा. गंगाधर अधिकारी, उत्तम पुडासैनी र संस्थापक सदस्य कृष्ण कँडेलले सुशासनका लागि नागरिक समाजको भूमिका विषयमा धारणा व्यक्त गर्नुभएको थियो । 

समाजका वरिष्ठ उपसभापति कृष्णबहादुर रावलले समाजका तर्फबाट तयार गरिएको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने समाजका सचिव चन्द्रमणि बञ्जाराले हुलाकी मार्ग शीघ्र सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै मन्तव्य व्यक्त गर्नुभएको थियो । काठमाडौं शाखा सभापति भगवान पुडासैनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको नागरिक संवाद कार्यक्रमको सञ्चालन महासचिव रेनुका पौडेलले गर्नुभएको थियो । कार्यक्रममा दर्जन बढी नागरिक समाजका प्रतिनिधिहरूले प्रश्नसहित जिज्ञासा राखेका थिए ।

यसैगरी शान्ति समाज स्थापना दिवसका दिन जेठ १९ गते शान्ति समाजको रुपन्देही, इलाम, दाङ, गोरखा, पाल्पा, सुर्खेत, सल्यान र महोत्तरी शाखाले सुशासनका लागि नागरिक समाजको हस्तक्षेप आवश्यक विषयक नागरिक संवाद कार्यक्रम आयोजना गरेका थिए । शान्ति समाज स्थापना दिवसकै अवसरमा जेठ १९ गते काठमाडौं र दैलेख शाखाले चियापान, चितवन, कैलाली र काभ्रे शाखाले वृक्षरोपण कार्यक्रम गरेका थिए भने नवलपुर, तेह्रथुम, म्याग्दी, बाँके, कपिलवस्तु र संखुवासभा शाखाले विविध कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएका थिए । शान्ति समाज स्थापना दिवसको अवसरमा दाङ शाखाले रक्तदानसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ ।
समाजका तर्फबाट


सरिता पौडेल
उपनिर्देशक, मानव अधिकार तथा शान्ति समाज
२० जेठ २०८१
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro