site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिले सबैले हाम्राे आवश्यकता महसुस गरिरहेका छन् : माधव नेपाल
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफूहरू दुइटा डुंगामा खुट्टा राखेर चल्ने प्रवृत्तिको नभएको बताएका छन् ।

पार्टीको आगामी १०औँ महाधिवेशनबारे जानकारी दिन आज बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले सबैले आफूहरूको आवश्यकता महसुस गरिरहेको पनि बताए ।

Dabur Nepal
NIC Asia

"हाम्राे आवश्यकता सबैले महसुस गरिरहेका छन् । केन्द्रीय सरकारमा छाैँ, मधेसमा पहिले नै सरकारमा थियाैँ । उपेन्द्र यादवसँग सहकार्य गर्दै अघि बढेकाे हाे । अस्तिमात्रै एमाले र माओवादी केन्द्रका अध्यक्षसँग संवाद भयाे । प्रधानमन्त्रीसँग कुरा गरेर अहिले सिधै आउँदै छु," उनले भने ।

अध्यक्ष नेपालले नेताहरूबीच सम्पर्क हुनु स्वाभाविक भएको बताए । "सबैले नेतासँग सम्पर्क गर्न पाउँछन् । हामीले पनि पाउँछाैँ । अविश्वास नहाेस् भनेर मैले प्रधानमन्त्रीसँग फाेन गरेँ । उहाँले हुन्छ, कमिटमेन्ट नगर्नुस् भन्नुभयाे । हामी दुइटा नाउमा खुट्टा राखेर चल्दैनाैँ," उनले भने ।

उनले मधेस प्रदेशकाे मुख्यमन्त्रीले विश्वासकाे मत लिने तय भएकाे पनि बताए । "कुराकानी भइरहेकाे छ । अन्तिम फैसला पार्टीकाे बैठकबाट गर्छाैं," उनले भने ।

अध्यक्ष नेपालले पार्टीको आगामी महाधिवेशनलाई 'सहमतिकाे महाधिवेशन'काे रूपमा लिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu