site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्रोह पुष्टि हुनुपर्छ : खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आउँदो १०औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको लक्ष्य, कार्यदिशा, नीति, सिद्धान्त र समाजवादी कार्यक्रम पारित गरिने बताएका छन् ।

महाधिवेशन मूल कमिटीअन्तर्गत अतिथि सत्कार कमिटीको शनिबार बसेको प्रथम बैठकमा उनले विचार, पद्धति, कार्यशैली र संस्कृतिका हिसाबले पनि पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । “नीति, सिद्धान्त र विचारका हिसाबले पार्टीलाई एकताबद्ध गराउनुपर्छ । नेकपा (एमाले)बाट  वैचारिक, सैद्धान्तिक, राजनीतिक र संगठनात्मक विद्रोह गरेको पुष्टि हुनुपर्छ,” उनले भने, “पार्टीभित्र यस विषयमा समझदारी बढेको छ । सिंगो समाजवादी क्रान्तिको कार्यक्रमले अन्य वामपन्थी दललाई पनि नयाँ ढाँचा दिनेछ । त्यसैले पार्टीले समाजवादी क्रान्तिको कार्यक्रम दिएर कार्यकर्तालाई स्पष्ट गराउनुपर्छ ।”

Dabur Nepal
NIC Asia

पूर्वप्रधानमन्त्री खनालले वामपन्थी एकताका निम्ति कोसी र सुदूरपश्चिम प्रदेश सरकारमा एमाले, नेकपा (माओवादी केन्द्र) र आफ्नो दल सम्मिलित हुनुपर्नेमा जोड दिए ।

उनले पार्टी अधिवेशनमा करिब एक हजार ३०० प्रतिनिधिको प्रतिनिधित्व रहने र आफूले गृहजिल्ला इलामका तर्फबाट अधिवेशनमा भाग लिने जानकारी दिए ।

बैठकमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडाले महाधिवेशनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय अतिथिको सहभागिताबारे जानकारी गराएका थिए । यसैबीच, महाधिवेशनमा प्रस्तुत गरिने पार्टीका दस्ताबेजबारे आइतबार अपराह्न पत्रकार सम्मेलन गरी जानकारी गराइने बताइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro