site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वच्छ पानी पिउने अधिकारको संरक्षण गर्नुपर्छ : मन्त्री राई
फाइल तस्बिर

मोरङ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले तीन तहको सरकारले जनतालाई स्वच्छ पानी पिउन पाउने अधिकारको संरक्षण गर्नुपर्ने बताएका छन् । मोरङको  टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्था बूढीगंगा–३ नेमुवामा निर्मित खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार पिउनेपानीको समस्या हल गर्दै जाने बताए । त्यसका लागि नीति बनाई तीन तहको सरकारबाट अलग अलग नभएर संयुक्त रुपमा एउटै योजना सञ्चालन गर्नुपर्ने जरुरी रहेको उनले धारणा राखे । ।

उनले बजेट निर्माणको क्रममा विकासमा पहिलो प्राथमिकता खानेपानीलाई दिनुपर्ने चर्चा गर्दै प्रदेश र संघले निर्माण गरिरहेका योजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए । 

कोसी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले पानीको स्रोत सुक्दै गएको अवस्थामा सबैले तराई पहाडमा पानी पुनःभरण गर्न आग्रह गरे ।  

सामुदायिक संस्थाका अध्यक्ष नवराज विष्ट, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, उपाध्यक्ष अमृता गच्छदारलगायतले जनसंख्या वृद्धिअनुसार खानेपानी आवश्यकता टड्कारो रहेको धारणा राखे । 

टंकीसिनवारी खानेपानी तथा सरसफाइ सामुदायिक संस्थाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानीमा २७ करोड ५५ लाख ४० हजार ९२८ रुपैयाँ लागतमा निर्मित आयोजनाको शुक्रबार उनले उद्घाटन गरेका हुन् । उक्त खानेपानी आयोजनामा ४५० घनमिटरको दुई ट्याङी र १६६ किलोमिटर पाइप विस्तारबाट सो गाउँपालिका–१,२,३,४,५ र ६ का दुई हजार ७१ घरधुरी लाभान्वित भएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro