site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको संयुक्त आक्रमण

काठमाडौं । अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीमाथि शृंखलाबद्ध आक्रमण गरेको युएस सेन्ट्रल कमान्डले जनाएको छ । तीन महिनाभन्दा बढी समयपछि ती मुलुकले बिहीबार गरेको आक्रमण पहिलो हो । 

साथै अमेरिका एक्लैले यमनमाथि र रेड सीमामा रहेका आठ एरियल एट्याक ड्रोनलाई पनि ध्वस्त पारेको जनाइएको छ । संयुक्त टोलीले यमन नियन्त्रित क्षेत्रमा रहेका  १३ हुथी अखडामा आक्रमण गरेको जनाइएको छ । सो समूहलाई इरानले सघाइरहेको बताइएको छ । 

सो समूहले निरन्तर रूपमा अमेरिकी नाभी शिप र कमर्सियल जहाजलाई रेड सी र गल्फ अफ आदेनमा आक्रमण गरिरहेको अमेरिकी र बेलायती अधिकारीहरूको भनाइ छ । 

अघिल्लो पटकको आक्रमण गएको फेब्रुअरी २४ मा भएको थियो । त्यसबेला अमेरिका र बेलायतले हुथीका हतियार र राडर साइटलक्षित आक्रमण गरेका थिए । सीएनएन
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro