site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दयाहाङको आग्रह– हरेक चलचित्र हेर्न जाँदा खाली दिमाग लिएर जाउँ
तस्बिर : दयाहाङ राईको फेसबुकबाट ।

काठमाडौं । अभिनेता दयाहाङ राईले हरेक चलचित्र आफैँमा भिन्दै हुने भएकाले हेर्दा पनि त्यहीअनुसार तुलना र अपेक्षा नगरी हेर्नुपर्ने बताएका छन् । इन्टरनेसनल फिल्म फेस्टिभलमा गएका चलचित्र हेर्न हलमा जाँदा पनि खाली दिमाग लिएर जानुपर्नेमा उनको जोड छ । 

फेस्टिभलमा गएको सिनेमा कस्तो हुन्छ भनेर हेर्नुभन्दा पनि अरु चलचित्र सरह नै हेर्नुपर्ने उनको धारणा छ । “खाली दिमागले सिनेमा हेर्ने हो । यो फेस्टिभलमा गएको अथवा यो मेकरको सिनेमा भनेर एकखालको छुट्टै अवधारणा बनाएर हामी चलचित्र हेर्न जान्छौँ,” दयाहाङ बाह्रखरीसँग भन्छन्, “हाम्रो अवधारणा र अपेक्षासँग मेल नखाएपछि त्यो सिनेमा वाहियात लाग्नसक्छ । यो कुराबाट मुक्त भएर हामी सिनेमा हेर्दा स्वतन्त्र भएर हेर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।” 

Dabur Nepal
NIC Asia

फेस्टिभल गएका सिनेमालाई अफ्ठ्यारोगरी र स्वदेशी बजारका लागि मात्रै बनेका चलचित्रलाई सजिलोगरी हेर्ने अथवा सहजै स्वीकार्ने बानी बसाल्न नहुनेमा उनको जोड छ । प्रत्येक चिलचित्र छुट्टाछुट्टै भएकाले त्यहीअनुसार स्वतन्त्र भएर हेर्नुपर्ने उनी बताउँछन् । 
   
आफैँले काम गरेका र विदेशी फेस्टिभलमा गएका यसअघिका चलचित्र निर्देशकले आफ्नै बुझाइमा रहेर स्टोरी टेलिङ गरेको दयाहाङको भनाइ छ । बजारमा रेगुलर हेरेजस्तो चलचित्र नहुँदा अपेक्षा पूरा नहुने र ब्यापारिक रूपमा फेस्टिभलमा गएका सिनेमा धेरै नचलेको उनको तर्क छ ।

“अहिले बजारमा चलिरहेका सिनेमाको फर्मुलामा नरही आफ्नै कथ्यशैली आफ्नै हिसावको प्रयोग गर्दा दर्शलाई यस्ता चलचित्र हेर्ने आदत नभएको होला,” दयाहाङ भन्छन्, “तर गाउँ आएको बाटो लिनियर चलचित्र प्यार्टनमै छ । थ्रि एक्ट स्ट्रक्चरमै छ । जुन सहजै सबैले बुझ्ने कथ्यशैली हो ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro