site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतको अरुणाचल आइपुग्यो मनसुनी प्रणाली, कहिले आइपुग्छ नेपाल ? 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मनसुनी प्रणाली भारतको अरुणाचल प्रदेशमा आइपुगेको छ । अरुणाचल प्रदेशको नागाल्यान्ड, मणिपुर, विजोरमलगायत ठाउँमा आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ । “अहिले मनसुनी प्रणाली भारतको अरुणाचल प्रदेश आइपुगेको छ,” मौसमविद् गोविन्द झाले बाह्रखरीसँग भने, “यो नेपालतर्फ अगाडि बढ्नेक्रममा छ । कहिले नेपाल आइपुग्छ अहिले नै भन्न सकिँदैन ।” 

बाटोमा देखिने अवरोधका आधारमा यो प्रणाली नेपाल आउन कति समय लाग्छ निर्धारण हुने उनको भनाइ छ । कुनै अवरोध नभए चाँडै र अवरोध भए केही समय ढिलो पनि हुनसक्ने उनी बताउँछन् । 

“दक्षिण–पूर्वी क्षेत्रबाट मनसुनी प्रणाली नेपाल भित्रिएपछि पनि यो नेपालमा फैलिन कतिसमय लाग्छ भन्ने हो,” मौसमविद् झा भन्छन्, “कुनै वर्ष पश्चिमतर्फ सर्नेक्रममा बाटोमा अवरोध नभए चाँडै र अवरोध भए देशभर फैलिन पनि केही समय लाग्छ ।” 

मनसुनी प्रणाली नेपाल भित्रिने औसत मिति जुन १३ हो । तर यो औसत मिति मात्र हो । योभन्दा अगाडि वा पछाडि पनि मनसुन नेपाल भित्रिनसक्छ । 

सन् १९९६ मा मनसुनी प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । त्यो वर्ष जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्ने गरेयताकै यो सबैभन्दा चाँडो मनसुन नेपाल भित्रिएको हो । 

सन् १९८२ मा नेपालमा जुन २७ मा नेपालमा मनसुन भित्रिएको थियो । विभागको तथ्यांकअनुसार यो सबैभन्दा ढिलो मनसुन भित्रिएको हो ।  

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro