site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना, हिजोभन्दा थोरै शीतल हुने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षा हुनेछ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोसी प्रदेशका एकदुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

Dabur Nepal
NIC Asia

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा अपराह्नपछि वर्षा हुनेछ । “काठमाडौंमा ३/४ बजेपछि वर्षाको सम्भावना छ,” उनले बाह्रखरीसँग भने, “छिटपुटदेखि हल्लका वर्षा मात्रै हुनेछ । काठमाडौंका सबै स्थानमा एकनासले समान वर्षा पनि हुनेछैन ।” स्थानीय प्रणाली सक्रिय भएर वर्षा हुने भएकाले ठूलो र सबैतिर वर्षा नहुने उनको भनाइ छ ।  

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएकाे छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

काठमाडौंमा आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म हुने पूर्वानुमान छ । हिजो ३४.४ डिग्री सेल्सियस पुगेको थियो । “हिजो साँझ वर्षा भएको र आज पनि अपराह्नपछि वर्षाको सम्भावना रहेकाले हिजोको जति तापक्रम पुग्ने सम्भावना कमै छ,” मौसमविद् झाले भने ।  

नेपालमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro