site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले कृषि बिमाबापतको ९७ करोड रुपैयाँ तत्कालै भुक्तानी गर्ने
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कृषि तथा पशुपन्छी बिमाबापत रोकिएको ९७ करोड रुपैयाँ सरकारले तत्काल भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितमा बिहीबार भएको बैठकमा नेपाल बिमक संघ र नेपाल बिमा प्राधिकरणका पदाधिकारीहरूबीच रोकिएको कृषि बिमाबापतको रकम निकासा गर्ने सहमति भएको हो ।

अनुदानबापतको रकम नपाएपछि निर्जीवन बिमा कम्पनीहरूले रोकेको कृषि तथा पशुपन्छी बिमा व्यवसाय सहमति भएसँगै पुनः सुरु गर्ने सहमति भएको हो ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकमा सरकारले तत्कालै अनुदानबापत बक्यौता रहेको रकममध्ये ९७ करोड रुपैयाँ निकासी गर्ने भएपछि बिमालेख जारी गर्न बिमकहरू सहमत भएका हुन् ।

सरकारले दिने अनुदान रकम लामो समयदेखि रोकिँदा निर्जीवन बिमा कम्पनीहरूले गत वर्ष चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बिमालेख जारी गर्न बन्द गरेका थिए । सरकारले कृषि तथा पशुपन्छीको बिमा गर्दा किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको थियो । बिमा गर्न लाग्ने प्रिमियमको २० प्रतिशत किसानले भुक्तानी गरेपछि बिमा कम्पनीहरूले बिमालेख जारी गर्दै आएका थिए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro