site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदुल्ला जलविद्युत् आयोजना निर्माणको ठेक्का जेसीई/अनक जेभीलाई
फाइल तस्बिर ।

काठमाडौं । १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको ठेक्का जियाङक्षी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको संयुक्त उपक्रम (जेसीई/अनक जेभी)ले प्राप्त गर्ने भएको छ ।

आयोजनाको ठेक्का प्रक्रियामा आवेदन दिएका चार कम्पनीमध्ये दुईको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो । तीमध्ये जियाङक्षी–एनके जेभी र सिनो हाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक चरण पार गरेका थिए ।

वित्तीय प्रस्ताव खोल्दा जेसीई/अनक जेभीले १३ अर्ब ७५ करोड रुपैयाँ प्रस्ताव गरेपछि सबैभन्दा कम दर कबोल गर्ने कम्पनीका हैसियतले उसले ठेक्का पक्का गर्न लागेको हो । प्रतिस्पर्धी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले भने १५ अर्ब ७ करोड रुपैयाँ कबोल गरेको जगदुल हाइड्रोपावर कम्पनीका प्रमुख सञ्जय सापकोटाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro