site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहुलियतपूर्ण कर्जाको नीतिलाई राष्ट्र बैंकले पुनःसंरचना गर्छ : डेपुटी गभर्नर मिश्र
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा घोषणा गरेअनुसार सहुलियतपूर्ण कर्जाको नीतिलाई मौद्रिक नीतिमार्फत पुनःसंरचना गरिने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तर्क्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले सहुलियतपूर्ण कर्जाबाट धेरै मात्रामा महिला उद्यमीहरूले कर्जा पाइरहेको बताए । कृषकहरूले कर्जा पाइरहेको अवस्थामा अहिले केही फरक पर्न गएको भए पनि बजेटमा रकम तोकेर आएको सन्दर्भमा सहुलियतपूर्ण कर्जालाई समन्वय गरी परिर्वतन गर्ने बताए । आगामी दिनमा संशोधन गरी बजेटमा उल्लेख भएको कुरा तत्काल कार्यान्वयनमा लैजाने उनले बताए । 

Dabur Nepal
NIC Asia

उनले कृषिमा आवश्यक पर्ने लगानीलाई केन्द्रीय बैंकले कम हुन नदिने प्रतिबद्धता व्यक्त गरे । घर कर्जाको कारोबार तथा फुकुवा, करसम्बन्धी काम, मालपोत लगायतका बीचमा डिजिटल प्लेटफर्म बनाइ बैंकको माध्यमबाट काम गर्ने नीति आउनु पनि राम्रो पक्ष भएको उल्लेख गरे । 

उनले ६ प्रतिशतको आर्थिक वृद्धि, ५.५ प्रतिशतमा मुद्रास्फीति  सीमित राख्ने र १२ प्रतिशतको कर्जा वृद्धि गर्ने लक्ष्य पूरा हुने पनि बताए । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूलाई पुँजी पर्याप्ततामा सहजीकरण गरिसकेको हुदाँ यो लक्ष्य प्राप्ति गर्न सहज हुने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu