site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको कार्यक्रममा विद्या भण्डारीको प्रश्नैप्रश्न, लगातार बज्यो ताली र सिट्ठी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एमालेको राष्ट्रिय महिला भेलामा प्रमुख अतिथि थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । उनी राष्ट्रपतिको कार्यकाल सकेर फर्केपछि पहिलोपटक पार्टीको कार्यक्रममा प्रमुख अतिथि बनेकी हुन् । 

राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार जनसंगठन संयन्त्रद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली विशिष्ठ अतिथिका रूपमा उपस्थित भए । पुनर्स्थापित प्रतिनिधिसभामा ०६३ जेठ १६ गते भण्डारीको नेतृत्वमा महिला अधिकारसम्बन्धी संकल्प प्रस्ताव पारित भएको थियो । 

जसले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको थियो । उक्त संकल्प प्रस्तावले महिला अधिकार स्थापित भएको स्मरणमा भण्डारीलाई प्रमुख अतिथि बनाएको हो । भण्डारीले समाजमा विद्यमान पितृसत्तात्मक सोचका कारण कानुनमा तोकिएको अधिकार कार्यान्वयनमा चुनौती रहेको ठम्याइ प्रस्तुत गरिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास, कुप्रथाका कारण संविधान र कानुनद्वारा प्रदत्त अधिकार व्यवहारिक कार्यान्वयन अझै चुनौती बाँकी छन्,” भण्डारीले भनिन् । 

महिलाविरुद्ध हुने असमानता, विभेद र हिंसाको मूलकारण पुरुष नभएर शोषणमा आधारित सामाजिक र आर्थिक व्यवस्था रहेको उनको भनाइ छ । महिला मुक्ति समग्र सामाजिक मुक्तिको विषयसँग जोड्नुपर्ने बताइन् ।

Royal Enfield Island Ad

भण्डारीका प्रश्नैप्रश्न 

भण्डारीले महिला भएर महिलाको मात्रै एजेन्डामा सीमित नरहन आग्रह गरिन् । राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताइन् । “राष्ट्रिय आवश्यकता फरक भएर गएको छ । तपाईंहरुले महिलाका एजेन्डा मात्रै उठाउने होइन । महिला राष्ट्रिय एजेन्डमा अघि बढ्नुपर्छ । नेतृत्व लिनुपर्छ,” उनले भनिन्, “ त्यसो भयो भने महिलालाई हेप्ने कुरा हुन्छ भन्ने लाग्दैन ।” 

भण्डारीले कार्यक्रममा केही प्रश्न उठाइन् । उनको प्रश्नमा सिठी र ताली बजेको थियो । उनले एमाले अध्यक्ष ओलीले बालबालिकालाई स्नेह गरे पनि नीतिगत सुधारको आवश्यकता औंल्याइन् । 

“आज यसै कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व एमालेका अध्यक्ष, पूर्वप्रधानमन्त्री हुनुहुन्छ । उहाँले बालबालिकालाई धेरै स्नेह गर्नुभएको छ । तर, अझै पनि नीतिगत सुधार गर्नुपर्ने बाँकी रहेको हामीले देखेका छौँ,” भण्डारीले भनिन् ।

एमाले वर्तमान सत्तासमीकरणमा भएकाले जनस्वास्थ्यका समस्यामा ध्यान दिन आग्रह गरिन् । जलवायु परिवर्तनले पारेको प्रभावलाई गम्भीरतापूर्वक लिन उनकाे आग्रह थियो । 

“विश्वकाे तापक्रम बढिराखेको छ । त्यसले जलवायुमा प्रतिकूल असर परिराखेको छ । यसलाई पनि पार्टीले र अनेमसंघका साथीहरुले अलिक गम्भीरतापूर्वक लिइदिनुपर्‍यो,” भण्डारीले भनिन्, “यो केही सरकारका निकायको, एन्जिओ र आइएन्जिओको मात्रै एजेन्डा भनेर बुझिदिनुभएन ।”

जलवायु परिवर्तनको असरले काठमाडौंमा राति सुत्न गाह्रो भएको भन्दै मानव जातिको लागि संकट भएको उनको भनाइ छ । 

“आज हामी जुन ठाउँमा छौँ । यो काठमाडौं देशको राजधानी हो । प्रज्ञा प्रतिष्ठानको प्रमुख हलमा हामी छौँ,” उनले भनिन्, “तर, कस्तो गर्मी भइरहेको छ । आजको दिन यो प्रकारको गर्मी हुने ठाउँ हो ? होइन ।” 

भण्डारीले केही दिनअघि राष्ट्रिय संरक्षण कोषको भ्रमणमा जाँदा तराइमा पिउने पानीको अभाव भएको सुनाएको बताइन् । 

कोसी, कर्णाली, गण्डकी नारायणीको चिसो पानी बगेर जाँदा पनि पानीको अभाव किन भन्दै प्रश्न उठाइन् । 

“हामीसँग मट्टितेल यहाँ छैन । मट्टितेल उत्पादन गर्ने कारखाना छैन । पेट्रोलियम पदार्थ उत्पादन गर्ने कारखाना छैन,” उनले भनिन्, “तर, हामी ठूलो पाइपलाइन बनाएर सात समुद्र पारिबाट हामी पेट्रोलियम पदार्थ ल्याउन सक्छौं भने हाम्रो हिमालबाट बगिराखेका पवित्र नदीहरु छन् । त्यो नदीको पानी पिउनका लागि हामी किन प्रयोग गर्न सक्दैनौं ? जनता फस्ट हो नि ।”

भण्डारीले तपाईंहरु कुरा उठाउनुस् साथ दिन्छु भनेको कुरा ओलीलाई सुनाइन् । उनले त्यस्तो विषयलाई किन एजेन्डा नबाउने भनि प्रश्न सोधिन् । 

“तपाईं महिला साथीहरु आफ्ना लागि बोल्न सक्नुहुन्छ । बोल्नु पनि पर्छ । अन्याय भएको कुरा राख्नुपर्छ । तपाईंहरु आफूलाई नेता ठान्नुहुन्छ भने बोल्न नसक्नेहरुका लागि पनि त बोलिदिनुपर्यो नि,” भण्डारीको भनाइ छ, “रुख काटिएको छ । रुख बोल्न सक्दैन । रुखका लागि बोलिदिने को त ?”

उनले राष्ट्रिय एजेन्डामा बोल्न आग्रह गरिन् । एक वर्षमा चार खर्बभन्दा बढी अन्न र फर्निचर आयत गर्ने उल्लेख गरिन् । कसरी कृषि प्रदान देश भयो भनि प्रश्न गरिन् । दिगो पारिस्थितीय विकासको बारेमा एजेन्डा बनाउन आग्रह गरिन् । 

उनले महिला भएकाले पद चाहियो भन्दा लाज हुने भएकाले सक्षमता देखाउन आग्रह गरिन् । युवाहरुलाई देशमै रोजगारी उपलब्ध बनाउनुपर्ने कुरामा जोड दिइन् । 

“आफ्नो जनतालाई रोजगारी नभइकन अरु देशबाट आएका मान्छेहरुलाई रोजगारी दिने भन्ने कुरा हुँदैन ,” कार्यक्रममा उनले भनिन्, “भोलि यदि कथमकदाचित त्यो देशमा रोजगारीको अभाव भयो आफ्नै देशका जनतालाई उनीहरुले रोजगारी  दिनुपर्यो भने हाम्रा युवायुवतीहरुलाई उनीहरुले काम दिन्छन् भन्ने छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro