site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
साँच्चैका सहकारी संकटमा छैनन्, ठगहरूका कारण केही बदनाम भए : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त बनेको बताएका छन् ।

सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले केही ठूला सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीको तर्क छ । उनले साँच्चैका सहकारी संस्थाहरू संकटग्रस्त नभएको जिकिरसमेत गरे ।

काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय महिला भेलामा ओलीले सहकारीको माध्यमबाट भए पनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए ।

"साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरू, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही ठूला सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, छैनन् पनि," उनले भने ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro