site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटमा समावेश गरिएका यी हुन् पाँच उद्देश्य, प्राथमिकता, रणनीति र रूपान्तरणका कार्यक्रम 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच आर्थिक सुधारका रणनीति र पाँच रूपान्तरण क्षेत्रका कार्यक्रम समेटिएको बताएका छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । 

अर्थमन्त्री पुनका अनुसार आगामी आर्थिक वर्षको बजेटको पाँच उद्देश्यमा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तिव्रता ल्याउनु, मानव संशाधनको विकास गर्नु, स्रोत र साधनको सन्तुलित ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवालाई प्रभावकारी बनाउनु रहेका छन् । 

Dabur Nepal
NIC Asia

यस्तै, बजेटका पाँच प्राथमिकतामा आर्थिक क्षेत्र र निजी क्षेत्रको प्रवर्द्धन, ऊर्जा, कृषि, सूचना प्रविधि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार रहेका छन् ।

आर्थिक सुधारका पाँच रणनीतिमा संरचनात्मक सुधार, व्यावसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणाली सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधारलाई समेटिएको अर्थमन्त्री पुनले बताए । 

पाँच रुपान्तरणका क्षेत्रका कार्यक्रममा कृषि क्षेत्रको रुपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलतालाई समेटिएको उनले जनाए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro