site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यदलसहित शीर्ष नेताबीचको ‘सहमति’ कांग्रेसले गर्‍यो अनुमोदन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको ‘सहमति’ अनुमोदन गरेको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट सहकारी बचत अपचलन प्रकरणबारे बालुवाटारमा भएको सहमति अनुमोदन गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

“हिजो संघीय संसद्मा भएका मुख्य राजनीतिक दलहरुको बीचमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भयो । त्यसको कार्यादेश के हुने भन्ने पनि सहमति भयो,” लेखकले भने, “कति सदस्यीय हुने, कति अवधि हुने भन्ने सहमति भयो । हामीले निष्कर्षउन्मुख सहमति भयो । हिजोको सहमति अनुमोदन गरिएको छ ।”

कार्यादेश तय गर्न गठित कार्यदलले त्यसलाई अन्तिम रूप दिने लेखकले जानकारी दिए ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसकेकाले राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro