site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा नेपालमा थप आठजना पदाधिकारीमा मनोनीत, वरिष्ठ नेतामा हरिनारायण यादव
फाइल तस्बिर ।

काठमाडौं । राप्रपा नेपालमा थप पदाधिकारी मनोनयन गरिएको छ । पार्टी महामन्त्री भास्कर भद्राका अनुसार पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम आठजना नेतालाई पदाधिकारीमा मनोनयन गरेका हुन् ।

उनका अनुसार सिरहाका हरिनारायण यादवलाई वरिष्ठ नेतामा मनोनयन गरिएको छ । यसैगरी, तनहुँका दुर्गा श्रेष्ठ, पाँचथरका तेजकुमार कुरुम्बाङ र भक्तपुरका यवती कार्कीलाई उपाध्यक्षमा मनोनयन गरिएको छ ।

यस्तै, गोरखाका हिक्मतजंग भण्डारी र भक्तपुरका रामसुन्दर विष्टलाई सहमहामन्त्रीमा मनोनयन गरिएको छ ।

काठमाडौंका रामकुमार रिजाल र श्यामबहादुर खत्रीलाई सहायक महामन्त्रीमा मनोनयन गरिएको राप्रपा नेपालले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro