site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसका मुख्यमन्त्री यादवको आरोप– प्रधानमन्त्री प्रचण्ड संघीयताविरोधी हुन्
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताविरोधी भएको अरोप लगाएका छन् । सोमबार आ.व २०८०/०८१ को स्थानीय तहलाई दिने स–सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रलायबाट हुने रकमान्तरको सम्बन्धमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले बुझाएको ध्यानाकर्षणपत्र बुझेपछि मुख्यमन्त्री यादवले अहिले संघीयताको विरोधी प्रधानमन्त्री प्रचण्ड भएको आरोप लगाएका हुन् ।

सञ्चारकर्मीसँग गर्दै मुख्यमन्त्री यादवले भने, “देशभर मधेस प्रदेशले संघीयता चाहेको हो । यो डेढ वर्षमा संघीयता चाहिन्छ भनेर बढी लड्ने म नै हो । पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौँ । उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ । तर, प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला तर अहिले संघीयताको घोर विरोधी प्रचण्ड हो । प्रचण्डले संघीयता चाहेकै छैनन् ।”

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला नै संघीयता नचाहेको बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने नेतृत्व संघीयताको पक्षधर हुनै नसक्ने जिकिर गरे । 

संघीयता नचाहनेसँग प्रचण्डले गठबन्धन बनाएको भन्दै उनले भने, “संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ? मधेस प्रदेश कमजोर भएपछि, काम नभएपछि मान्छेले त्यहाँको मान्छेले भनोस् कि मधेस प्रदेशले काम गर्न सकेन, काम छैन भनेर । त्यो हिसाबले पटक–पटक सरकार परिवर्तन गराउने, कर्मचारीको सरुवा तत्काल गर्न लगाउने काम भएको छ । यो संघीयताविरुद्धको प्रहार हो ।”

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेस प्रदेशमा पटक–पटक विश्वासको मत फिर्ता लिने, कर्मचारीको सरुवा गर्नेलगायतका गतिविधि संघीय सरकारले गरेको आरोप लगाए । 

एमालेसहितका राजनीतिक दलहरूले वर्तमान सरकार अल्पमतमा रहेकाले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नगर्न/नगराउन भन्दै मुख्यमन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro