site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसदीय समितिको कार्यादेशमा एमालेको सर्त : ओलीविरुद्धको अभिव्यक्ति सच्याऊ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अभिव्यक्तिले बालुवाटार बैठकमा प्रवेश पाएको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेसको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) आक्रोशित भएको हो । 

प्रधानमन्त्री प्रचण्डले सत्ता र प्रमुख प्रतिपक्षसँग छुट्टाछुट्टै संवाद गरेका थिए । उक्त संवादमा एमालेले कांग्रेस महामन्त्री शर्माको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएको थियो । शर्माले आइतबार सडक प्रदर्शनको क्रममा चार विषय उठाएका थिए । जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्रान्ड डिजाइनमा अहिलेको सबै विषय र घटना भइरहेको आरोप शर्माको थियो । 

शर्माले सहकारी अपचनलमा रवि देखाएर एमाले नेता जोगाउने प्रपन्चमा ओली लागेको, गिरीबन्धु टी स्टेट प्रकरणमा जोगिन, ०८४ मा रास्वपालाई उभिन नसक्ने गरी सिध्याउन ओली लागेको र सरकारको अंकगणित पुर्‍याउन पनि ओलीले खेल खेलेको आरोप लगाएका थिए । “उहाँहरूले यो कुरा उठाउनुभयो । यसले बन्न लागेको सहमति पनि भत्किने दिशामा जाने देखियो,” बैठकमा सहभागी एक नेताले भने । 

एमालेले यो विषयमा प्रतिकार गर्ने र कांग्रेससँग राजनीति लडाइँ लड्ने बताइसकेको अवस्था छ । आफ्नो अध्यक्षविरुद्ध निरन्तर ‘टार्गेट’ गरेर प्रतिशोध साधेकोमा एमाले आक्रोशित छ । 

बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा आक्रोशित अभिव्यक्ति दिए । उनले एमाले र पार्टी अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित पूर्वाग्रही तथ्यहीन गलत भ्रामक र आधारहीन लाञ्छाना लगाएको भन्दै आक्रोश पोखे । “यसप्रकारको आधारहीन यसबाट पछि हट्न अनुरोध गर्न चाहन्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौँ,” उनले भने । 

कांग्रेस सहमतिमा पुग्नभन्दा पनि परिस्थिति विथोल्न लागि परेको आरोपमात्र लगाएन्न आफ्नो अध्यक्षमाथि लगाएको आरोपमा लिखित र सार्वजनिक रूपमा माफी माग्न कांग्रेसलाई अनुरोध गरे । कांग्रेसले यसो नगरे सबै राजनीतिक सम्बन्ध तोडिन सक्ने चेतावनी उनको थियो । “लिखित रूपमा क्षमा याचना गर्नुपर्छ सार्वजनिक माफी माग्नुपर्छ । अन्यथा कांग्रेससँग ठिक ढंगबाट सम्बन्ध अघि बढ्दैन । बुझोस् यस प्रकारको अराजनीतिक आरोपलाई सुनेर एमाले बस्दैन,” उनले भने । 

मिलन विन्दुमा पुग्न लागेको विषय एमालेको यो आक्रोशले विथोलिन्छ कि भन्ने भय सबैतिर बढेको छ । प्रधानमन्त्रीकै अघि यी विषय उठान हुनु र एमालेले प्रतिवादनमा उत्रने चेतावनी दिनुले सहमतिको विन्दु टाढिने खतरा बढेको नेताहरू बताउँछन् । “विषय पुनः जटिल बन्छ कि भन्ने देखिन गयो,” अर्का एक नेताले भने । 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीपीडितको ब्यानर बोकेर एमालेमाथि प्रहार गरेकोमा आपत्ति जनाए । कांग्रेसले सहमति नचाहेको भन्दै उनले विथोल्नका लागि आफ्नो अध्यक्षमाथि मिथ्या आरोप लगाएर भाड्ने प्रयासमा उद्धत भएको आरोप लगाए । 

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले छुट्टाछुट्टै बैठक प्रधानमन्त्रीले गरेको जानकारी दिए । आफूहरूले कार्यदलमा लगेको लिखित विषय नै प्रधानमन्त्रीलाई जानकारी गराएको र कांग्रेसको बटमलाइन पुनः एकपटक स्मरण गराएको जानकारी दिए ।

जवाफमा प्रधानमन्त्रीले अहिलेको ‘डेट लक’ तोड्न सबै चाहेको र लचिलो बनिदिन कांग्रेससँग आग्रह गरेको परियारले बाह्रखरीसँग भने । “उहाँले डेट लक तोड्नुछ लचक बनिदिनुस् भन्नुभयो । हामीले हाम्रो बटमलाइनमा टसको मस नहुने कुरा राख्यौँ र पार्टीको कुरा राख्यौँ,” उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहेका सांसद स्वर्णिम वाग्लेले विषयहरू मिल्ने प्रक्रियामा गएको भन्दै प्रधानमन्त्रीको सदासहायता आज टुंगोस् भन्ने रहेको बताए । “प्रधानमन्त्रीको चाहना आज जसरी पनि टुंगो लगाउने छ । सहज कोर्षमा जाउ भन्ने छ । हामी त्यसका लागि प्रयत्नशील छौँ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro