site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् सचिवालयले खरिद ऐन मानेन, पदपूर्ति प्रक्रिया पनि मिलेन !

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले संघीय संसद् सचिवालयले सार्वजनिक खरिद नियमावलीको उल्लंघन गरेको बताएको छ ।

आइतबार सार्वजनिक प्रतिवेदनमा संसदीय निर्वाचनबाट संसदीय दलका कार्यालयहरू बढेको कारण देखाएर सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको उल्लेख छ । 

Dabur Nepal
NIC Asia

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ अनुसार १० लाखभन्दा बढीको सामान सोझै खरिद गर्न नहुने र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) अनुसार खरिद कार्यलाई टुक्राटुक्रा पार्न नमिल्ने व्यवस्था छ ।

सोही ऐनको प्रस्तावनामा खरिद कार्यलाई प्रतिस्पर्धी र मितव्ययी बनाउनुपर्ने व्यवस्था रहेकोमा संसद् सचिवालयले कम्प्युटर, विभिन्न प्रकारका फर्निचर, ल्यापटप, मोबाइल फोन सेट, सर्भर, पोसाक आदि सोझै खरिद गरेको पाइएको प्रतिवदेनमा उल्लेख छ ।

यस्तै, पदपूर्ति प्रक्रियामा पनि महालेखाले प्रश्न उठाएको छ । शैक्षिक योग्यता र पदपूर्ति प्रक्रिया तोकेर नियुक्त गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव महालेखाले दिएको छ ।

“विभिन्न पदाधिकारी तथा सदस्यलाई दिइने कर्मचारीको दर्जा र सङ्ख्या उल्लेख भए पनि कर्मचारीहरूको योग्यता र पदपूर्ति प्रक्रियाबारे उल्लेख छैन । यो वर्ष विभिन्न श्रेणीका अधिकृतस्तरका ३११ र सहायकस्तरका ११० समेत ४२१ सचिवालयका कर्मचारीको पारिश्रमिकमा १४ करोड ४९ लाख ४६ हजार खर्च भएको छ । शैक्षिक योग्यता र पदपूर्ति प्रक्रिया तोकी नियुक्त गर्ने व्यवस्था मिलाउनुपर्दछ,” प्रतिवेदनमा लेखिएको छ । 

यस्तै, सभामुख कार्यालयमा पनि अनावश्यक पद खडा गरेर करार कर्मचारी राखिएको भन्दै महालेखाले प्रश्न उठाएको छ । महालेखाले प्रतिवेदनमा १४ लाख ३१ हजार बेरुजु देखिएकोमा चार लाख ४९ हजार फर्स्योट भएको भन्दै ९ लाख ८२ हजार बेरुजु बाँकी रहेको बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro