site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सदनको गतिरोध अन्त्यका निम्ति कांग्रेस लचक हुनुपर्छ : योगेश भट्टराई
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सदनको गतिरोध अन्त्यका निम्ति नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेसजस्तो लामो समय संसदीय अभ्यास गर्दै आएको पार्टीले निरन्तर संसद् अवरुद्ध गर्न नहुने बताए । 

उनले सरकारलाई जेठ १५ गते संसद्‌मा बजेट पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेको बताए । सरकार कांग्रेससँग सहमतिको लागि निरन्तर प्रयास गरिरहेको भन्दै उनले यही जेठ १५ गते बजेट पेस गर्नुअघिसम्म सहमति गर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कांग्रेस सहमतिमा नआए पनि सवैधानिक व्यवस्था भएकाले संसद्‌मा बजेट पेस हुने बताए  । सचिव भट्टराईले सहमति नभए पनि बजेट पेस गर्ने कुरामा कांग्रेसले अवरोध नगर्ने अपेक्षा रहेको बताए । उनले कांग्रेसले निरन्तर संसद् अवरोध गर्दा बाहिर नकारात्मक सन्देश जाने अवस्थाको सिर्जना भएको बताए । 

“नेपाली कांग्रेससँग सहमतिको लागि निरन्तर छलफल गरे पनि मिल्न सकेको छैन । सहमति नभएपछि सरकारलाई संसद्‌बाट नीति तथा कार्यक्रम पारित गर्ने समय पनि भएन । जेठ १५ गते संसद्‌मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो व्यवस्थाको कारणले पनि आज संसद्‌बाट नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यता थियो । सहमति खोज्ने प्रयास गरौं । सहमतिबाट कांग्रेस पछि हटेपछि संसद्को काम अगाडि बढाउनु परेको हो । १५ गते बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै सहमति गर्ने कोसिस गर्छौं । तर, भएन भने पनि संसद्को संयुक्त बैठकमा बजेट पेस हुन्छ । यो संवैधानिक बाध्यता हो । सहमति नभए पनि बजेट पेस गर्ने कुरामा अवरोध गर्दैन भन्ने हाम्रो अपेक्षा छ । कांग्रेसले निरन्तर संसद् अवरोध गर्दा नकारात्मक अवस्थाको सिर्जनाभन्दा बाहेक अरु केही सिर्जना गर्दैन । कांग्रेस अहिलेको परिस्थितिबाट पछाडि हट्नुपर्छ,” उनले भने । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement