site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जिउँदो बाबुलाई मारेको स्वीकार्न १७ घण्टा सोधपुछ गरेको क्षतिपूर्ति नौ लाख डलर !

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एक घण्टासम्म आफ्नो जीवित बाबुलाई मारेको भन्ने गलत आरोप स्वीकार गर्न एक छोरालाई प्रहरीले दबाब दिएकामा नौ लाख डलर जरिवाना तिर्नुपरेको छ । ती व्यक्तिसँग १७ घण्टासम्म सोधपुछ गरिएको थियो ।

सन् २०१८ मा थोमस पेरेज जुनियरलाई लस एन्जेल्सको पूर्वमा पर्ने फोन्टोना सहरको प्रहरीले त्यसरी सोधपुछ गरेको थियो । न्यायाधीशले उक्त सोधपुछलाई असंवैधानिक, मनोवैज्ञानिक यातना भएको जनाउँदै पेरेजलाई आठ लाख ९८ हजार डलर क्षतिपूर्ति दिने गरी मुद्दा टुंग्याएको उनका वकिलले जनाएका छन् । उनीमाथिको त्यो असाधारण मुद्दाले आक्रोश उत्पन्न गराएको थियो ।

२०१८ अगस्ट ७ मा पेरेजका पिता थोमस चिठी लिन कुकुर लिएर गएका थिए । कुकुर केही समयमा फर्किएको थियो । तर, थोमस फर्किएनन् । भोलिपल्ट पेरेजले प्रहरीमा फोन गरेर बाबु नफर्किएको जनाएका थिए ।

अफिसर जोअन्ना पिनाले फोन उठाएकी थिइन् । उनीसहितका दुई प्रहरी अधिकृत आएर घरको खानतलासी गरेका थिए । त्यति बेला घरमा रगतको टाटो जस्तो केही देखिनुका साथै कुकुरले मानव शरीरको गन्ध फेला पारेको समेत दाबी गरिएको थियो । पेरेजलाई प्रहरीले ‘पितालाई लगेको स्थानमा हामीलाई लिएर जान सक्छौ ?’ भनेर प्रश्न सोधेको थियो ।

प्रहरीले उनीमाथि निद्राबाट वञ्चित, मानसिक बिरामी, साइकियाट्रिक मेडिकेसनबाट फिर्ता भएको र उनैले बाबुलाई मारेको जबर्जस्ती दोष थोपरेको थियो । सोधपुछका क्रममा पेरेजले असह्य भएर आफ्नो कपाल लुछेका थिए । उनले आफैँलाई हिर्काउनुका साथै सर्ट पनि च्यातेका थिए ।

बाबुको शरीर भएको ठाउँमा नलगे पेरेजले एक मिलियन डलरसम्म तिर्नुपर्ने चेतावनी समेत दिइएको थियो । प्रहरीको उक्त दबाबपछि पेरेजलाई बाबुको हत्या गरेको स्वीकार गर्न बाध्य पारिएको थियो ।

त्यसपछि पेरेजलाई साइकियाट्रिक अस्पतालमा पनि उनको इच्छाविपरीत लगिएको थियो । त्यही राति थोमसकी छोरीले फोन गरेर उनको पिता आफ्नो घर नर्थन क्यालिफोर्नियामा आउन लज एन्जेल्स इन्टरनेसनल विमानस्थलमा भएको जानकारी दिएकी थिइन् ।

त्यसपछि अदालतमा मुद्दा हालिएको र हुँदै नभएको अपराध स्वीकार्न लगाइएको भन्दै अन्याय भएको ठहर गरी पेरेज जुनियरलाई उक्त क्षतिपूर्ति रकम दिने सहमति भएको जनाइएको छ । द गार्जियनबाट ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro