site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नीति तथा कार्यक्रम ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले आउँदो वर्षको नीति तथा कार्यक्रम संसद्‌मा वेल घेरेर नाराबजी गर्नुपर्ने प्रकृतिको नरहेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

“सरकारको नीति तथा कार्यक्रम यति राम्रो छ कि प्रतिपक्षमा रहेका मानीनय सदस्यहरूले वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले नीति तथा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरू चित्रबहादुर केसी र प्रेम सुवालले संसद्को गतिरोधप्रति असहमति जनाएको भन्दै धन्यवाद दिए ।

“संशोधन प्रस्ताव प्रस्तुत गरेर छलफलमा सहभागी भएर वास्तावमा संसद्भित्र जुन प्रकारको गतिरोध पैदा गर्ने कोसिस भइरहेको छ, त्यसप्रति असहमति जनाउनुहुने र नीति तथा कार्यक्रममाथिको छलफल निर्बाध अगाडि बढ्नुपर्छ भनेर योगदान गर्नुहुने माननीयहरू चित्रबहादुर केसी र प्रेम सुवालप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु,” उनले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro