देश
काठमाडौं । शैक्षिक सत्र २०८० मा आधारभूत तहमा विद्यार्थी भर्नादर घटेको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा सो दर घटेको तथ्यांक छ ।
सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८० मा आधारभूत तहमा खुद ९५.१ र माध्यमिक ५७.९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र २०७९ मा सबै तहको खुद भर्नादर बढेको थियो ।
सो वर्ष आधारभूत तहको कक्षा एकदेखि पाँचसम्म ९७.१, कक्षा एकदेखि आठसम्म ९६.१ र माध्यमिक तह कक्षा ९ देखि १२ सम्म ५७.४ प्रतिशत पुगेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १२:५२
प्रतिक्रिया दिनुहोस्