राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठ पुगेका छन् । उनीहरूबीच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको छ ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । आइतबार बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ ०९:२९
प्रतिक्रिया दिनुहोस्