site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लापसे चेकिङमा चारजना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ट्राफिक प्रहरीको लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा चारजना चालकलाई भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ । 

बा ४ ख ९३ ९६  नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–२ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका–६ का २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौंको बानेश्‍वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तररूपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।

Global Ime bank

जगातीमा आज २५ सवारी साधनलाई चेक गर्दा चारवटा सवारी साधनका चालकले लागुपदार्थ सेवन गरेको पाइएको हो ।  

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement