site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सिरोहियालाई पक्राउ गरेर मिडियालाई दबाबमा राख्न खोजियो : एम्नेस्टी इन्टरनेसनलकी महासचिव
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेज काल्लामार्डले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आवश्यक नरहेको बताएकी छन् ।

‘मानव अधिकारका समसामयिक चुनौति र आगामी दिशा’ विषयक कार्यक्रममा महासचिव कालामारले सिरोहियालाई गिरफ्तार गर्नु गलत भएको बताइन् । उनले सिरोहियालाई पक्राउ गरेर सञ्चारमाध्यमलाई दबाबमा राख्ने प्रयत्न भएको जिकिर गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सूचनाको अधिकार र स्वतन्त्ररूपमा अनुसन्धानमूलक रिपोर्टिङमाथि धावा बोलिएको उनको भनाइ छ । उनले नागरिकको मुखसमेत बन्द गर्ने प्रयास भएको भन्दै आपत्ति जनाइन् ।

नेपालमा गम्भीर अपराधका अन्य घटनामा अनुसन्धान नभएको तर मिडियालाई समाचार लेख्न र अनुसन्धानमूलक सामग्री प्रकाशन गर्न हतोत्साहित बनाइएको उनको दाबी छ ।

Global Ime bank

"छिमेकमा रहेका मुलुकमा मिडिया र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नियम कानुन बनिरहेका छन् र अभ्यास भइरहेका छन् भने त्यसको प्रभाव तपाईंको देशमा पनि पर्ने सम्भावना बढ्छ । यी सबैको प्रभाव समाजमा गम्भीररूपमा परेको हुनुपर्छ," उनले भनिन् ।

उनले पत्रकारहरू व्यावसायिक हुनुपर्ने तर जुनसुकै अवस्थामा पनि पत्रकारले लेखेको समाचारकै आधारमा गिरफ्तार गर्न नहुने तर्क गरिन् ।

– न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement