site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको तापक्रम आज यो वर्षकै बढी
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम शुक्रबार ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज यो वर्षका लागि अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको हो । “यो यस वर्षका लागि आजसम्मको बढी तापक्रम हो,” महाशाखाका मौसमविद् अधिकारीले भने ।

यसअघि गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार भने काठमाडौंको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस थियो ।

शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार भने सो क्षेत्रको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो । 

महाशाखाका अनुसार भैरहवाको ३९.९, जनकपुरको ३८.८, दिपायलको ३८.०, वीरेन्द्रनगरको ३७.६, बिराटनगरको ३७.७, सीमराको ३७.७, धरानको ३७ डिग्री सेल्सियस मापन गरिएको छ । 

महाशाखाका अनुसार नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro