site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो– गृहमन्त्रीले सदनमा बोलेका कुराको जवाफ कसले दिने हो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ ।

बालुवाटारमा बसेको तीन दलको बैठकमा यस्तो ध्यानाकर्षण गराइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार कान्तिपुरका अध्यक्षलाई धरपकड गर्ने काममा कांग्रेस गम्भीर बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

“केही दिन पहिला संसद्मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो,” उनले भने, “जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।”

Global Ime bank

उनले सहकारीका बारेमा समिति गठन गर्ने कुरामा सबै सहमत भए पनि मूलभूत विषय कसरी उठान गर्ने भन्ने विषयमा कुराकानी भइरहेको छ ।

“व्यक्तिको नाम र सहकारीको नाम राख्ने कि नराख्ने भन्दा पनि मूलभूत विषय नछुटाउने भन्ने हो,” उनले भने, “कतिपय सहकारीबाट रकम अपचलन र ठगी भएको छ । कतिपय पैसा निजी कम्पनीमा गएको छ । स्वर्णलक्ष्मी, सुप्रिमबाट गोर्खा मिडियामा पैसा गएको छ । त्यो सबै छानबिन हुनुपर्छ । यहाँ व्यक्तिकोमात्रै होइन सहकारीबाट पैसा कहाँ गयो ? गृहमन्त्रीको संलग्नता देखिएको छ । त्यो विषय सम्बोधन हुनुपर्छ । भाषा मिलाउन सकिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय