site stats
बाह्रखरी :: Baahrakhari
देश
राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ कर्मचारीका लागि आवेदन

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना जारी गर्दै विभागले २५२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 

विभागले विशेष सेवाको सहायक सूचक पदमा २३४, सुरक्षा गार्डका लागि १६ जना र परिचर पदमा २ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त एक महिनाभित्र दिन सकिने सूचनामा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्