site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कैलाश पक्राउमा ‘ह्यु एन्ड क्राइ’ जरुरी छैन : केपी ओली 
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहियाको पक्राउमा ‘ह्यु एन्ड क्राइ’ जरुरी नभएको बताएका छन् । उनले अहिले भइरहेको चर्चा सही नभएको बताए । 

झापाको दमक पुगेका ओलीलाई एफडीसी अनलाइन टिभी नामको युटुब च्यानलले बुधबार सोधेको प्रश्नमा बुधबार उनले यस्तो बताएका हुन् । “यस सम्बन्धमा जस्तो ‘ह्यु एन्ड क्राइ’ भइरहेको छ, त्यस्तो गर्नु पर्ने जरुरी छैन जस्तो लाग्छ । विवादका विषय हुन सक्दछन् । तर, उनलाई कुनै जन्मकैद गर्न खोजेको होइन,” ओलीले भने, “के लेखेको आरोप उनीमाथि लाग्यो ? के लेखेका कारण भनेको छ पक्राउ पुर्जीमा ? लेखेका विषयमा हो र अहिलेको गिरफ्तारी ?” 

Dabur Nepal
NIC Asia

ओलीले मिडियामाथिको आक्रमणको रूपमा भइरहेको व्याख्यालाई खेलाची गरिएको भन्दै चेतावनीका भाषा प्रयोग गरे । उनले मन्त्री, प्रधानमन्त्री पक्राउ पर्दा केही नहुने एउटा मिडिया हाउसको प्रमुख पक्राउ पर्दा डेमोक्रेसी धरापमा पर्ने भन्दै प्रश्न गरे । “त्यस्तो गलत विषयमा ‘खेलाची’ उचित हुँदैन । देशमा सबै कानुनका मातहतमा छन् भन्ने कुरा सबैले बुझ्नु र मान्नु पर्छ” ओलीले भने, “फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गर्यो भन्ने विषय त होइन । विषय अर्कै छ । फौजदारी कुरा होला । यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो ।” 

उनले मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा हल्लिन, कराउन दुनिया गर्न नपर्ने भन्दै प्रश्न उठाउनेहरूलाई नै प्रतिप्रश्न गरे । “एकजना मिडिया हाउसका मान्छे समाउँदा कसरी डेमोक्रेसी खतरामा पर्यो त ?,” ओलीले भने, “सही हो कि गलत हो म त्यता जान चाहन्न । टाइमिङ ठिक भयो कि भएन त्यो बेग्लै कुरा होला । तर, डेमोक्रेसी नै खतरामा परिहाल्यो त ? अब के सञ्चारका हकहरू खोसिएकै हुन् त ? यस्तो मिस इन्टरप्रिटेसन गलत व्याख्या उपयुक्त हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu