site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपाले भन्यो– रवि लामिछानेमाथि लागेका आरोपमा किन छानबिन नगरेको ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमा पनि छानबिन गर्न माग गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरुपयोग सम्बन्धी अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट छ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समानरुपमा लागु हुनुपर्छ ।”
 

यस्तो छ विज्ञप्ति

Global Ime bank

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। 
आजको बैठकले, 
१. राप्रपाको जेठ ११, १२ र १३ गते काठमाण्डौंमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि बृहद छलफल गरिएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङ्ले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रस्तुत प्रतिवेदनहरुलाई सामान्य परिमार्जन सहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिनेछ । 
२. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया माथि नागरिकता दुरूपयोग सम्बन्धि अभियोग न्यायिक निरुपणको विषय बनिसकेको छ । राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरित गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट छ । नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानविन शुरु भएको छ त्यसैगरी गृहमन्त्री रबी लामिछानेमाथि लागेका आरोपमाथि पनि छानविन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ । कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागू हुनुपर्दछ ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी
९ जेठ, २०८१

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement