site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाकालमा भित्र्याइएका २९ प्रतिशत स्वास्थ्य उपकरण प्रयोगविहीन 
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा कोरोनाकालमा भित्र्याइएका २९ प्रतिशत स्वास्थ्यका उपकरण प्रयोगविहीन बनेको सर्वेक्षणले देखाएको छ । स्वास्थ्य सेवा विभागले सन् २०२३ को अक्टोबरदेखि २०२४ मार्चसम्म गरेको सर्वेक्षणले कोरोनाकालमा ल्याइएका ७१ प्रतिशत सामग्री मात्रै सञ्चालनमा रहेको पाइएको हो । 

कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका आधारभूत, प्रादेशिक र संघीय गरी ८० वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । १९ हजार १७४ वटा बायोमेडिकल उपकरणको अवस्था हेर्दा दुई हजार ६४५ वटा जडान नै नभएको विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

सर्वेक्षण गरिएकामध्ये ५० प्रतिशत उपकरण कोरोनाकालमा सरकारले नै खरिद गरेका र विभिन्न राष्ट्रहरूले अनुदानमा दिएका हुन् । तीमध्ये ७१ प्रतिशत सामग्री राम्रोसँग सञ्चालन भइरहेको, ६ प्रतिशतको अवस्था राम्रो रहे पनि प्रयोग नभएको देखिन्छ । 

यस्तै, ९ प्रतिशत सामग्री बिग्रिएको अवस्थामा  छन् भने १४ प्रतिशत सामग्री जडान नै नभएको विभागले जनाएको छ । जडान नभएकामा सबैभन्दा धेरै (९२७ थान) अक्सिजन कन्सन्ट्रेटर छन् । यस्तै, सिरिञ्ज पम्प, इन्फ्युजन पम्प, मनिटर तथा पल्टिपारामिटरलगायत दुई हजार ६४५ थान उपकरण छन् । 

केही स्वास्थ्य संस्थामा उच्च मूल्य भएका उपकरणको न्यून प्रयोग भएको पनि देखिएको छ । यस्तै, उपयोगविहीन बनेका ७५ प्रतिशत सामग्री मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा भए पनि मर्मत नगरेको पाइएको छ  । कोरोनाकालमा खरिद तथा प्राप्त भएका सामग्रीको ठूलो संख्यामा उपकरण उपयोगविहीन बनेको सर्वेक्षणको निष्कर्ष छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro