site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँ : प्रधानमन्त्री
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् । 

बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीसँगको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले अदालतको आदेशपछि नै अदालती प्रक्रियाबाट सिरोहियालाई पक्राउ गरिएको बताए । 

सिरोहियासँग सरकारको कुनै शत्रुता नरहेको भन्दै उनले उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रूपमा लागेको भन्ने हल्ला मात्रै रहेको बताए । 

“अदालतले यो प्रक्रिया अघि बढाऊ भनेपछि अदालती प्रक्रिया अघि बढेको बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्नेकुरा गलत हो । उहाँसँग केको रिसिइबी । गृहमन्त्री व्यक्तिगत रूपमा आउनुभयो भन्नकुरा मान्छेले भन्नेकुरा मात्रै हो । यो अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइ नै हाल्छ,” प्रधानमन्त्रीले भने । 

अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro