खेल
काठमाडौं । बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ ।
मे २४ देखि जुन ३ सम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्ने छन् । महिला ५४ केजीमा अन्जनी तेलीले खेल्ने छिन् । प्रशिक्षकमा प्रकाश थापा मगर छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्