site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकास्पद अवस्थामा मृत फेला परेका नगरकोटीले आत्महत्या गरेको आशंका
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको थलीमा मृत अवस्थामा फेला परेका ५२ वर्षीय कृष्ण नगरकोटीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

भक्तपुर नगरपालिका–७, छालिङका नगरकोटीको शव मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा भेटिएको थियो । घटनास्थलमा रगत लागेको ‘ब्लेड’ समेत फेला परेको थियो ।

घटनाको प्रकृति हेर्दा उनको हत्या गरिएको आशंका प्रहरीले गरेको थियो । तर, प्रारम्भिक अनुसन्धानबाट उनी आफैँले ब्लेडले घाँटीमा काटेर आत्महत्या गरेको हुनसक्ने खुलेको एक अनुसन्धान अधिकारीले जानकारी दिए ।

नगरकोटीका छोरा २१ वर्षीय रिचेनलाई फर्पिङबाट घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । उनी समेत आत्महत्या गर्ने उदेश्यले फर्पिङ पुगेको प्रहरीले जनाएको छ । प्रहरीले रिचेनसहित उनकी दिदी रश्मीलाई समेत नियन्त्रणमा लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro