site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा नाराबाजी– सहकारीपीडितलाई न्याय दे !

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले नाराबाजी गरिरहेका छन् । जारी बैठकमा कांग्रेस सांसदले नाराबाजी गरिरहेका हुन् ।

उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले ‘सभामुखको भूमिका ठिक छैन’, ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारीपीडितलाई न्याय दे’ लगायत नारा लगाएका छन् ।

सभामुख घिमिरेले विरोधबीच संसद्का काम–कारबाही अघि बढाइरहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्