विदेश
काठमाडौं । सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरो (सीएनबी)ले मे ६ देखि १७ सम्म मुलुकव्यापी लागुऔषध विरोधी अभियानका क्रममा १४ वर्षीय विद्यार्थीसहित १५९ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध ओसारपोसारका क्रममा सीएनबीले दुई लाख २१ हजार सिंगापुर डलर (एक लाख ६४ हजार अमेरिकी डलर) को अनुमानित मूल्यको ९३७ ग्राम हेरोइन, ३७६ ग्राम आइस र १६१ ग्राम गाँजासहित अन्य लागुपदार्थहरू बरामद गरेको छ ।
उनीहरूमा अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ २१:३८
प्रतिक्रिया दिनुहोस्