site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लन्डनमा हुने अमेरिकासँगको वार्तामा चीनले उपप्रधानमन्त्री हे लिफेङलाई पठाउने

काठमाडौं । अमेरिकासँग हुन लागेको व्यापार वार्तामा चीनबाट उपप्रधानमन्त्री हे लिफेङ सहभागी हुने भएका छन् । दुई देशबीच जुन ८ देखि जुन १३ सम्म बेलायतको लन्डनमा वार्ता हुने तय भएको छ ।

चीनको विदेश मन्त्रालयले बेलायत भ्रमणका क्रममा उपप्रधानमन्त्री हे लिफेङ चीन–अमेरिका आर्थिक र व्यापारिक परामर्शतन्त्रको पहिलो बैठकमा सहभागी हुने जनाएको छ।

Argakhachi Cement Island Ad

हे लिफेङले मे महिनामा स्विजरल्यान्डको जेनेभामा भएको पहिलो चरणको व्यापार वार्तामा चीनको प्रतिनिधित्व गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हाबर्ड लटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले वार्तामा वासिङटनको प्रतिनिधित्व गर्ने बताएका थिए ।

रोयटर्सबाट ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्