site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पार्टी फुटविरुद्ध उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’मा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो । 

इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बर अर्थात् ‘ठ’ मा परेको थियो । अन्तिम चारमा परेका सबै मुद्दा हेर्न नभ्याइनेमा परेका छन् । यादवले यसअघि दिएको रिटमा मंगलबारलाई पेसी तोकिएको छ । तर, उनले निर्वाचन आयोगको निर्णय बदरभागी भएको र पार्टी छाडेका सांसदहरूलाई संसदीय भूमिकाबाट निलम्बित राख्ने आदेश माग गर्दै सर्वोच्चमा अर्को रिट दायर गरेका थिए ।

यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित निर्वाचन आयोग र पार्टी छोडेको सात सांसदलाई विपक्षी बनाएका छन् । यादवको रिटमा अन्तरिम आदेश भएको भए अशोक राई नेतृत्त्वको पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने थिएन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro