site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वासको मत त दिनैपर्‍यो नि, हाम्रै साथीहरू मन्त्री छन् : सांसद पाण्डे
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग उनले एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले विश्वासको मत दिइएको बताएका हुन् ।

“...हामी सत्तापक्षकै हौँ । हामीले विश्वासको मत दियौँ पनि । १५७ मध्ये १० भोट हाम्रो पनि हो,” उनले भने, “हाम्रो तर्फबाट सरकार छोड्ने निर्णय नगरेको हुनाले पनि विश्वासको मत त दिनैपर्‍यो नि, हाम्रै साथीहरू मन्त्री छन् ! सरकारमा अर्को निर्णय नभएसम्म बस्छौँ ।”

उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नरहेको तर किन लिएको भनेर आफूले बुझ्न नसकेको उनको भनाइ थियो ।

“मलाई व्यक्तिगत रूपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइहाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई,” उनले भने, “किन लिनुभयो भन्ने कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन ।”

उनले प्रधानमन्त्रीले विश्वासको मत पाए पनि प्रतिपक्ष दलहरूको नाराबाजीका कारण नमजाको वातावरण बनेको बताए । “आजको दृश्य राम्रो भएन । आज विश्वासको मत लिनेजस्तो महत्त्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो,” उनले भने, “प्रमुख प्रतिपक्ष दललगायत साथीहरूले विपक्षमा भोट पनि हालेनन् । एकखालको बहिष्कारजस्तो भयो । शान्त वातावरणमा विश्वासको मत लिने वातावरण बनेन ।”

शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने उनले धारणा व्यक्त गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro