बाह्रखरी फोटो
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसदले प्रतिनिधिसभा बैठक सञ्चालनमा सोमबार पनि अवरोध गरेका छन् । उनीहरूको निरन्तरको नाराबाजीपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका निम्ति बैठक स्थगित गरे ।
त्यसअघि, कांग्रेस सांसदले आसनमा उठेर अवरोध गरेका थिए । तर, उनीहरूले बोल्न मागेको समय सभामुख घिमिरेले उपलब्ध गराएनन् । कांग्रेस सांसदलाई समय नदिई सभामुख कार्यसूचीमा प्रवेश गरेपछि वेलमा ओर्लिएर उनीहरूले नाराबाजी गरेका थिए ।
उनीहरूले ‘जबरजस्ती गर्न पाइँदैन’, ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ जस्ता नारा लगाएका थिए ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १२:२२
प्रतिक्रिया दिनुहोस्