site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवन र निर्जीवन बिमामा लगानीकर्ताको आकर्षण, नेप्से ४५.६९ अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ४५.६९ अंकले बढेर बन्द भएको छ । जीवन र निर्जीवन बिमा समूहका कम्पनीमा लगानीकर्ता आकर्षित हुँदा नेप्से २.२५ प्रतिशतले बढेर २,०६४.४५ विन्दुमा बन्द भएको हो ।

जीवन बिमा समूह र निर्जीवन बिमा समूहको परिसूचक आज सर्वाधिक बढेको छ । जीवन बिमा समूहको परिसूचक ४.३८ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बिमा समूहको परिसूचक ३.८१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, वाणिज्य बैंक समूहको परिसूच २.६३ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक २.७६ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज पाँच अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सबैको लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सामुदायिक लघुवित्त र नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

माण्डु हाइड्रोपावरको सेयर मूल्य भने आज ९.९९ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro