site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिपक्ष दलहरूले भने– संसदीय छानबिन समितिको ‘टीओआर’ नबन्दासम्म संसद् चल्दैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । दलहरूको बैठकले सहकारीको रकम छानबिन प्रकरणमा संसदीय समितिको बैठकको ‘टीओआर’ नबन्दासम्म संसद्को बैठक सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेका हुन् । तर, राप्रपाले भने सभामुखले बैठक सञ्चालन गरेर गृहमन्त्रीलाई बोल्न समय दिएमा उनको कुरा सुन्ने प्रस्ताव गरेको संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए ।

लामिछानेको भनाइ सुनिसकेपछि आफ्नो भनाइ राख्ने र बैठक सञ्चालन हुन सक्ने नसक्ने विषयमा त्यसपछि निर्णय लिनेगरी समझदारी गर्न आग्रह गरेको उनले बताए । तर, संसदीय समितिको टीओआर नआउँदासम्म सभामुखले नै बैठक सञ्चालन नगर्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् । बिहान ११ बजेका लागि डाकिएको बैठक सभामुखले सारेको सूचना भने आइसकेको छैन ।

अघिल्लो अधिवेशनदेखि सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री लामिछनेको नाम जोडिएकोमा उनको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै आएको थियो । बिहीबारको बैठकमा यही विषयमा संसद् अवरोध हुँदा कांग्रेस र एमालेका सांसदहरूबीच मुठभेडको अवस्था बनेको थियो । शुक्रबारका लागि डाकेको बैठक सभामुखले स्थगित गरेका थिए । त्यसपछि बसेको सत्तारूढ र प्रतिपक्षी दलको बैठकले संसदीय दल बनाउने भन्दै ‘टीओआर’ निर्माणका लागि कानुनमन्त्रीको नेतृत्वमा कार्यदल बनाएको थियो । 

कार्यदलले अहिलेसम्म संसदीय छानबिन समितिको कार्यक्षेत्राधिकार टीओआर बनाइसकेको छैन । कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro