site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : एमाले
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद् बैठकलाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन् ।

गएको बिहीबार संसद् बैठक अवरुद्ध गर्ने क्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उनले उल्लेख गरे । कांग्रेस संसद्‌मा उदण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको उनले जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा उनले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेसका उपसभापति गुरुङले संसद्‌मा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य–मान्यताको नै खिल्ली उडाएको बताए । संसद्‌मा कांग्रेसले सत्तापक्षको आसनमा आएर गरेको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने उनको भनाइ छ ।

“नेपाली कांग्रेसले संसद्‌मा गरिरहेको हर्कत हेर्नुहोस् । संसद्‌मा सत्तापक्ष कहाँ बस्ने, प्रतिपक्ष कहाँ बस्ने, सरकार कहाँ बस्ने, त्यहाँ डिफाइन गरेको हुन्छ । आसन निर्धारण गरिएको हुन्छ,” उनले भने, “तर, प्रमुख प्रतिपक्षका साथीहरूले वेल घेराउ गर्न जानुभएको छ, आपत्ति छैन । नारा लगाउनुभएको छ । हामीलाई आपत्ति छैन । यसमा गुनासो छैन । तर, सरकारको आसनमा आएर, उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुतिहरू उहाँहरूबाट भइरहेको छ, यसले संसदीय इतिहासमा, संसदीय राजनीतिको इतिहासमा, संसदीय परम्परामा यो एउटा कालो दिनको रूपमा अस्तिको घटना रह्यो ।”

Royal Enfield Island Ad

प्रमुख सचेतक बर्तौलाले सहकारीको बचत अपचलन प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro