site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जतिपटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
तस्बिर : रासस ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले यही जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको उल्लेख गरे । जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने उनले बताए । उनले विश्वासको मत पाइँदैन कि भन्ने चिन्ता नगर्न आग्रह पनि गरे ।

Dabur Nepal
NIC Asia

“७ गते फेरि एकपटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु,” उनले भने, “यो अवधिमा १३ पटकजति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दै छु भनेर कांग्रेसको एकजना नेताले भन्नुभएको थियो, अहिले चौथोपटक लिनुपरेको हुनाले यो पाँचौँ, छैटौँपटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ, तर जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनु पर्दैन ।”

उनले थपे, “कहिले अलि बढ्छ, कहिले अलि घट्छ । घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एकपटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र योपटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरू पनि दुविधामा पर्नु पर्दैन ।”

प्रधानमन्त्री प्रचण्डले सहकारीसँगका विषयमा संसद् अवरुद्ध भइरहेको बताए । आइतबार बिहानसम्म सहज ढंगबाट संसद् सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिइएको उनले उल्लेख गरे ।

उनले आफूले संसद्को अवरुद्ध हटाउन केही दिनयता छलफल गरिरहेको बताए । सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको उनले सुनाए । संसद् सहज रूपमा अघि बढेसँगै नीति तथा कार्यक्रम सजिलै अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने उनले बताए ।

सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्नु रहेको उनले उल्लेख गरे । उनले नीति तथा कार्यक्रममा प्राप्त हुने सुझावलाई समेटेर बजेट ल्याउने गरी तयारी भइरहेको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu