site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन 
Dabur Nepal
NIC Asia

वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ । 
    
विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा रु २६ करोड ३५ लाख ३२ हजार ५६० राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व संकलन हो । 
    
उपमहानगरपालिकाले चालु आवमा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा रु २६ करोड ३५ लाख ३२ हजार ५६० राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए । रासस    
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro