विदेश
पेरिस । फ्रान्समा उत्तर पश्चिम सहर रोउनको एक सभा भवनमा आगो लगाउन खोजेका एक सशस्त्र व्यक्ति प्रहरीको गोली प्रहारबाट मारिएका छन् । चक्कु बोकेर प्रहरी तर्फ आउन लागेको समयमा उनलाई गोली हानिएको जनाइएको छ ।
सभा भवनमा आगो फैलिएको भए त्यहाँ रहेका यहुदी समुदायलाई ठूलो असर गर्ने मात्रै नभई सहरभरि नै हिंसा भड्किन सक्ने अवस्था सृजना हुने राउनेका मेयर निकोलस मायेर रोसिग्नाओलले बताए ।
सभाहलमा सुरु भएको आगो निभाउन अग्नि नियन्त्रक खटिएको मेयरले बताएका छन् । स्थानीय समाचारका अनुसार सभा भवनबाट धुवाँ आउन थालेपछि प्रहरीलाई बिहान ६ः४५ बजे खबर गरिएको थियो । प्रहरी त्यहाँ पुग्दा चक्कु र फलामको डन्डी लिएका ती व्यक्ति प्रहरीतर्फ जाइलाग्न थालेका थिए । बीबीसी
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ १३:२२
प्रतिक्रिया दिनुहोस्